बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

रवि लामिछानेको नागरिकता विवादमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै 

रवि लामिछानेको नागरिकता विवादमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै 

साझा पोष्ट
बुधबार, माघ ११ २०७९
  • images
    रवि लामिछानेको नागरिकता विवादमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै 
    images

    काठमाडौँ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजदेखि पूर्ण सुनुवाइ सुरु हुँदै छ । पुस २२ गते संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ आज पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो । 


    images
    images

    लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मङ्सिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ । 

    अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उनले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहेका छन् । पुरानो नागरिकता दुरुपयोग गरेको र अमेरिकी नागरिक छँदै नेपालको पासपोर्ट लिएको भन्दै अधिवक्ता रविराज बसौला र सिन्धुली घर भएका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।  

    लामिछाने नेपाली नागरिक नै नभएको भन्दै सांसद हुन अयोग्य भएको जिकिर निवेदकहरूको छ । चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता विवादकै बीच गृहमन्त्रीमा नियुक्त भएका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार