Sajha Post
एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट पाउने भएका छन । 

यस सम्बन्धी समझदारीमा  बैंकका चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स  श्यामप्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्राध्यापक डा. अन्जनी कुमार झाले मंगलबार  हस्ताक्षर गरे ।   समझदारी अनुसार  बैंकमा खाता भई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीले यो फाइदा लिन सक्ने एनआईसी एशिया बैंकका प्रमुख सूचना अधिकार सुधिरनाथ पाण्डेले जानकारी दिए । 

मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप तथा कार्ड प्रयोगकर्ताले  अस्पतालमा 3D CRT, IMRT, VMAT, Palliative
Care र TBI (Total Body Radiation) उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १०प्रतिशत छुट पाउनेछन ।  बैंकका कर्मचारीलाई ती उपचारमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २
प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल भएको बैंक मध्येको बैंक हो ।  बैंकले मुलुकभर ३५९
शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update