बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको १७औं दिनमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएका हुन् । हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

साझा पोष्ट
बुधबार, माघ ११ २०७९
  • images
    बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
    images

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको १७औं दिनमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएका हुन् ।


    images
    images

    हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

    नेकपा एमालेबाट श्रम रोजगार तथा यातायातमन्त्रीमा मकवानपुरका एकालाल श्रेष्ठ, स्वास्थ्यमा ललितपुरका रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा काठमाडौंका केशवप्रसाद पोखरेल  नियुक्त भएका छन् ।

    यसैगरी माओवादीबाट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा सिन्धुलीका गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमा सिन्धुपाल्चोकका युवराज दुलाल  र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बनेका हुन् ।

    राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई, डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी विकास र राजु बिष्ट वन तथा वातावरण  मन्त्रीको रुपमा शपथ लिएका हुन् । 

    एमालेबाट यसअघि जगनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् । वाग्मतीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् भएको छ । प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाइएर ११ बनाइएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार