नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

दाङ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।
नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बने पनि अध्यक्ष रञ्जिता श्रेष्ठले मत नदिने बताएकी हुन । , ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’ दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन् ।
मुख्यमन्त्री रावलले तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् ।
यद्यपि छलफलका क्रममा आफूहरुको माग मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक पाएको उनले बताइन् ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय