शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, थप सुनुवाइ शुक्रबार हुने 

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, थप सुनुवाइ शुक्रबार हुने 

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा राखिएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको सुनुवाइका क्रममा बुधबार सुरुमा दुईजना निवेदहरु अधिवक्ता रवि बसौला र युवराज पौडेल सफलको तर्फबाट बहस भएको थियो।

साझा पोष्ट
बुधबार, माघ ११ २०७९
  • images
    गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, थप सुनुवाइ शुक्रबार हुने 
    images

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा राखिएको हो।


    images
    images

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको सुनुवाइका क्रममा बुधबार सुरुमा दुईजना निवेदहरु अधिवक्ता रवि बसौला र युवराज पौडेल सफलको तर्फबाट बहस भएको थियो।


    लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बुधबार कायमुकामय प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा सदस्य रहेको संवैधानिक इजलासमा इजलासमा सुनुवाइ भएको हो।

    सुनवाइका क्रममा अधिवक्ता रविराज बर्तौला, वरिष्ठ अधिवक्ता रमन कर्ण, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता अमृत खरेल र नीतिका ढुंगानाले निवेदकको तर्फबाट बहस गरे। त्यस्तै खाजापछिको सुनुवाइमा प्रतिवादी सरकारको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले बहस गरेका थिए । त्यस्तै गृहमन्त्री लामिछानेका निजी वकिलहरु सुशील पन्त र सुनिल पोखरेलले पनि जवाफी बहस गरे। अब यो मुद्दाको थप सुनुवाइ शुक्रबार हुने भएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार