Sajha Post
प्रेमप्रसादको आत्मदाहबारे भिडियो सन्देश जारी गर्दै विप्लवले भने, यसको जिम्मेवार राज्य हो (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रेमप्रसादले आत्मदाह गर्नुको कारक राज्य भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश गारी गर्दै विप्लवले राज्यको विभेदकारी नीतिका कारण प्रेमप्रसादले आत्मदाह गरेको बताएका छन् । 

'भ्रष्टाचार र कमिसनतन्त्रले देश थला परेको छ तथा हिमाल, पहाड तराई, शहर, बजार सबैतिर बैंकको ऋणले जनता टाँट पल्टिदै गएका छन्, उनले भनेका छन्, 'रोजगकारीका लागि विदेश गएका युवाहरुको अवस्स्था पनि उस्तै छ, यी विविध कारणले प्रेमप्रसादले आत्मदाह गरेका छन् ।' 

तर विप्लवले प्रेमप्रसादले रोजेको बाटो भने सहि नभएको भन्दै त्यसले नेपाली जनतालाई राहात नदिने बताएका छन् । 'नेपालका युवहरुले आफूमाथि भएका विभेद,  शोषण र अत्याचारकलाई सामाना गर्नुको सट्टा आत्मसमर्पण,  आत्मविसर्जन र विघटनको बाटो लियो भने हाम्रो देशमा यस्ता घटना कैयौंसम्म पनि रहिरहने छ । यसको कारण राज्य हो ।' 

मंगलबार बानेश्वरस्थित संसदभवन अगाडी पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यप्रति विप्लवले श्रद्धान्जली व्यक्त गर्दै २५ हजार रुपैयाँ राहातस्वरुप प्रदान गर्ने घोषणा गरेका छन् । आचार्यको बुधबार बिहान किर्तीपूरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update