
काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेको हो ।
छानविन गर्त्यर त्यसको प्रतिवेदन तयार गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गरेपछि थप कदम अगाडि बढाउने बताए ।
‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ, मन्त्री लामिछानेले भने, ‘प्रहरीमार्फत सत्यतथ्य छानबिन गर्छौ । त्यही आधारमा आगामी कदमहरू अगाडि बढ्नेछन् ।,’
गृह मन्त्रालयले आजैदेखि छानबिनको काम अगाडि बढाउने उनकव् भनाइ छ । हिजो मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका आचार्यको उपचारको क्रममा बिहान निधन भएको थियो ।
उनले आफ्नै शरीरमा आगो लगाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट लेखेका थिए । जसले उनले आफूले आत्मदाहको गर्नुको कारण र राज्यले चाल्नुपर्ने कदमका विषयमा लेखेका थिए । सोही आधारमा सरकारले छानबिन गर्ने निर्णय गरेको हो ।