शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

क्रसर उद्योगहरु चल्न दिने सरकारको निर्णय 

क्रसर उद्योगहरु चल्न दिने सरकारको निर्णय 

साझा पोष्ट
बुधबार, माघ ११ २०७९
  • images
    क्रसर उद्योगहरु चल्न दिने सरकारको निर्णय 
    images

    काठमाडौं । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योग चल्न दिने निर्णय गरेको हो ।


    images
    images

     गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो ।

    असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिने  गृहमन्त्री रबि लामिछानेको प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए । 

    उनका अनुसार विना अनुमतिपत्र चलिरहेको सबै क्रसर उद्योग बन्द रहनेछन । आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुनेछन् ।

    क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम छाडेपछि सरकारमाथि क्रसर खोल्न दबाब परेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार