बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

भीभीआईपीको बसन्त पञ्चमी (तस्बिरसहित)

भीभीआईपीको बसन्त पञ्चमी (तस्बिरसहित)

साझा पोष्ट
बिहीबार , माघ १२ २०७९
  • images
    भीभीआईपीको बसन्त पञ्चमी (तस्बिरसहित)
    images

    काठमाडौं । वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छिन् । वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौंका वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गरेकी हुन् । 


    images
    images

    hanumandhoka51674715608.jpg

    त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, सभामुख देबराज घिमिरे , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत सहभागी थिए । 

    11674715739.JPG

    विशेष गरेर आज सरस्वती पूजाको दिनमा हनुमानढोका दरबारस्थित नासाल चोकमा राष्ट्रप्रमुखलाई वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालोदेखिनै गर्दै आएको पाइन्छ । वसन्त श्रवणको अवसरमा राष्ट्रपति भण्डारीले देवी सरस्वतीको पूजा आराधना समेत गरेकी थिएन् । 

    21674715754.JPG

    वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ ।

    31674715773.JPG

    41674715790.JPG

    hanumandhoka21674715809.jpg

    51674715823.JPG

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार