Sajha Post
आर्थिक मिडिया सञ्चालक संघको अध्यक्षमा रोयल आचार्य 

काठमाडौं । आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा चयन भएका छन् ।

 महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन चुनिएका छन भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टङ्क कार्की निर्वाचित भएका छन् ।


कोषाध्यक्षमा रोजगार मिडियाका फणीन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् । कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम छिन् । आर्थिक विधाका सञ्चारमाध्यमको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडिया सदस्य छन । 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update