सुकुम्बासीहरु फेरी सडकमा (तस्बिरसहित)

काठमाडौं । स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहिन सुकुम्बासीले विरोध र्याली आयोजना गरेका हुन् ।
उनीहरुले भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका छन् । अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन उनीहरुले धर्नाको कार्यक्रम गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९ १४:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय