रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन २ मा उपचुनाव हुने

काठमाडौं । नागरिकता मुद्दामा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी निर्वाचित चितवन निर्वाचन २ मा उपनिर्वाचन हुने भएको छ।
सर्वोच्च अदालतको आजको आदेशले उनको सांसद पद गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गएको प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट भारीमतान्तरले विजयी भएका थिए।
लामिछानेले ४९ हजार २ सय ६४ भोट पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए। यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ भोट पाए।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९ १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय