Sajha Post
भारतमा सेनाका दुई वटा लडाकु विमान आकाशमा ठोक्किएर ध्वस्त

काठमाडौं । भारतको राजस्थानमा वायूसेनाका दुई वटा लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएको छ । 

पिङगोरा गाउँ नजिकै सुखोई ३० र मिराज २००० आकाशमै एकापसमा ठोक्किएर दुर्घटना भएको भारतीय संचार माध्यमले जनाएका छन । विमान खसेर चकनाचुर भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 


घटनाको जानकारी पाएपछि प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका छन्। स्थानीयको भीड जम्मा भएको छ।


स्थानीयका अनुसार हेलिकप्टरमा आकाशमै आगो लागेर खसेको थियो। विमान रेलवे स्टेसननजिकै दुर्घटना भएको हो।

यद्यपि विमानमा कति जना पाइलट थिए वा कति जनधनको क्षति भयो भन्ने खुल्न सकेको छैन।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update