शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

रविको मुद्दामा सर्वोच्चको फैसलापछि शेखरको टिप्पणी: देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ

रविको मुद्दामा सर्वोच्चको फैसलापछि शेखरको टिप्पणी: देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ

साझा पोष्ट
शनिबार, माघ १४ २०७९
  • images
    रविको मुद्दामा सर्वोच्चको फैसलापछि शेखरको टिप्पणी: देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ
    images

    विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको बताएका छन् । 


    images
    images

    नेपाल प्रेस युनियन प्रदेश १ समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज भएको फैसला गरेको थियो ।

    नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने बताए । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको भनाइ थियो । 

    ‘राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ, उनले भने । कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय भन्दै उनले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने बताए ।

    ‘कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ, उनले भने । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार