मस्जिदमा विष्फोट हुँदा पाकिस्तानमा २८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा २८ जना मारिएका छन् । साथै १ सयभन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
अलजजिराले पेशावरमा रहेको एक अस्पतालमा ७० जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि लगिएकाे जनाएकाे छ ।
पेशावर प्रहरी अधिकारीहरूले १५० जना जति घाइते भएको बताएका छन् । साथै विस्फोटका कारण मस्जिदको केही भाग भत्किएको बताइएको छ । तर कतिपय मानिसहरू भत्किएको संरचनाभित्र पुरिएर रहेको हुनसक्ने आशंका गरिएको छ ।
३०० जना मान्छे अट्ने मस्जिद विष्फोटका बेला लगभग भरिएको समाचारमा उल्लेख छ । विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे पनि यकिन भएको छैन । यसबारे अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय