Sajha Post
सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको बताएका छन्।


पेरिस डाँडामा मंगलबार बसेको पदाधिकारी बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्रालयका विषयमा आफूहरु अहिले पनि सल्लाहमै रहेको बताए । 


'हामी सल्लाह गर्दैछौँ',  प्रचण्डले भने'सकेसम्म सत्ता साझेदार दल इंगेज भइराख्ने गरी अघि बढ्छौँ। यो गठबन्धन नटुटोस् भन्नेमै मेरो कोशिस छ।’ 


गृह मन्त्रालयबारे अदालतको पूर्णपाठ कुर्नुभएको हो ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले भने, ‘मलाई  फैसलाको पूर्णपाठ पनि कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ।’

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update