Sajha Post
नेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले प्रिमियर कप आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता आयोजना गर्न एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई गरेको प्रस्तावलाई  बोर्ड बैठकले स्वीकृत गरेको हो । पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।

एकदिवसीय फर्म्याटमा हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछन् ।

प्रिमियर कपमा नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ । याे संस्करणको एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

machhapuchhre bank

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update