Sajha Post
सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध(तस्बिरहरु)

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको छ ।

singadrubar-gate dhal1675230651.jpg

  ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्मे हुँदा  पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नु परेको छ ।

singh-darbar1675235009.jpg

मुलुकको मुख्य  प्रशासनिक केन्द्र सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकारवाला निकाय र सरकारले चासो दिएको छैन । 

dhal singh 31675230749.PNG

हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल गरेको छैन। पूर्वी गेट वरपरका स्थानीय बासिन्दा पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

dhal singh 11675230702.PNG

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update