गुलशन झाले नेपालको यू-१९ टोलीको कप्तानी गर्ने

पोखरा । तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झाले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको कप्तानी गर्ने भएका छन् । पोखरामा बसेको बोर्ड बैठकले गुलशनलाई यू–१९ को कप्तानी जिम्मेवारी दिएको हाे ।
यस्तै दीपेश कँडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् ।
गुल्सनले पहिलो पटक नेपालको लागि कप्तानी गर्ने भएका हुन् ।गुल्सनले २०२१ सेप्टेम्बरमा १६ वर्षको उमेरमा युएईविरुद्धको एक दिवसीय खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
नेपाली टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, देव खनाल, उत्तम थापा मगर, सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी र मिलन बोहरा पनि छन् ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय