Sajha Post
सम्भावित ठूलो आतंककारी हमलालाई प्रहरीले असफल पार्‍यो

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई  प्रहरीले असफल पारेको छ । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा ठूलो सङ्ख्याका आतङ्ककारीहरु ठानिएकाहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए ।

मध्यरातिमा शक्तिशाली हतियार ल्याएर ठूलो सङ्ख्यामा आएका उनीहरुको प्रयासलाई असफल तुल्याएको पञ्जाव प्रान्तको प्रहरीले जनाएको छ । पञ्जावको प्रान्तीय प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा प्रहरी रहेका र रातिको समयमा चौकीमा क्षति पु¥याउने गरी आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताए । 

प्रहरी चौकीमा यसअघि पनि आक्रमणको प्रयास भएको थियो र प्रहरीले यसैगरी असफल तुल्याएको थियो । त्यसैले यस पटक आतङ्ककारीहरु ठूलो संख्यामा आएका बताइएको छ । रातिको समयमा प्रहरी चौकीमा आक्रमण सुरु गरेका आतङ्ककारीहरुलाई प्रहरीले प्रतिकार गर्दा कैयौँ आतङ्ककारी घाइते भएका पनि प्रवक्ता अनबरले बताएका छन् । रासस

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update