नौ किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।
दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ः१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ३५ वर्षिय मोहमद कमल महगौब छन्। महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ ०८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय