शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

थुनुवा फरार घटना : थप एकजना पक्राउ, दुई जना अझै फरार

थुनुवा फरार घटना : थप एकजना पक्राउ, दुई जना अझै फरार

यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनकुमार महतो पक्राउ परेका थिए । सिंहलाई मंगलबार राति र मण्डललाई मङ्गलबार पक्राउ गरिएको  प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

साझा पोष्ट
बिहीबार , माघ १९ २०७९
  • images
    थुनुवा फरार घटना : थप एकजना पक्राउ, दुई जना अझै फरार
    images

    जनकपुर । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् ।


    images
    images

    जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई पक्राउ गरेको हो । उनी मिथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन् । 

    यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनकुमार महतो पक्राउ परेका थिए । सिंहलाई मंगलबार राति र मण्डललाई मङ्गलबार पक्राउ गरिएको  प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

    त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो । गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए । चार जना पक्राउ परेपनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार