Sajha Post
रवि लामिछानेकाे चेतावनी: मेरो मौनता आजसम्मका लागि मात्रै हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको बताएका छन् । 

नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको गत शुक्रबारको फैसलासँगै गत आइतबार नै पुनः नागरिकता लिएका रविले सामाजिक संजाल ट्वीटरमा आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका हुन् । 

उनले नागरिकता लिएसँगै खोसिएको गृहमन्त्रीको पद पुनः चाहिरहेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अदालतको पूर्णपाठ नआउँदासम्म लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिन खोजिरहेका छैनन् । 

सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने रविलाई गृहमन्त्री दिन अदालतको पूर्ण पाठ नचाहिने बताएपछि रविले मौनता तोड्ने बताएका हुन् । 

लामिछानेले आफू अभिमन्यु नभएको बताउँदै चुनौती दिएका छन् । उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।'

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update