Sajha Post
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, सरकारबाट बाहिरिन सक्ने
machhapuchhre bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजेका लागि बोलाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए । 

सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनको भनाइ छ । पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सकरात्मक सन्देश नपाएको ढकालले बताए । आजको बैठकबाट रास्वपाले सरकार छोड्न सक्ने आँकलन गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update