मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो बाँकेबाट प्रहरीले पक्राउ गरेको हो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । चौधरी नागरिक उन्मुक्ति पार्टीका सचेतक फरार प्रतिवादी हुन् । 

साझा पोष्ट
बिहीबार , माघ १९ २०७९
  • images
    नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।


    images
    images

    कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । चौधरी नागरिक उन्मुक्ति पार्टीका सचेतक फरार प्रतिवादी हुन् । 

    ट्र्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीले करिब १० वर्षअघि उनलाई  ६ महिना कैद तोकेको थियो। अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए। ​

    उनीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।

    २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा  हालको लम्कीचुँहा नगरपालिका ९तत्कालीन बलिया गाविस ५० का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए। 

    मुद्दामा ट्र्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपियाँ बराबरको क्षति पुर्‍याएको दाबी बजगाईँले गरेका थिए। त्यसको केही वर्षपछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए।

    संसदमा पनि पार्टीले रेशमसहितका बन्दीलाई रिहा गर्नुपर्ने माग सार्दै आएको छ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार