Sajha Post
रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकद्वारा आत्मदाहको प्रयास 

काठमाडौं । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ ।

भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन्।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update