शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सन्दीप लामिछाने  राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

सन्दीप लामिछाने  राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

साझा पोष्ट
बिहीबार , माघ १९ २०७९
  • images
    सन्दीप लामिछाने  राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)  ले  बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणको टोलीमा समावेश गरेको छ ।


    images
    images

    नामिविया र स्कटल्यान्डमा हुने खेलका लागि क्यानले लामिछानेसहित २० क्रिकेटरलाई बन्द प्रशिक्षण टोलीमा समावेश गरेको हो ।

    पुस २८ गते उच्च अदालतले अभियुक्त लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । क्यानले लामिछानेमाथिको कारबाही फुकुवा गरेको दुई दिनपछि नै बन्द प्रशिक्षण सूचीमा राखेको हो ।

    जवकि क्रिकेटर लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ । उक्त निवेदनमाथिको सुनुवाइ भने शुक्रबारका लागि तोकिएको छ । लामिछानेमाथि नाबालिक किशोरी बलात्कारको आरोप छ  । 

    cric1675361257.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार