सन्दीपविरुद्धको मुद्दा न्यायाधीश फुयालको इजलासमा

काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुँदै छ । लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ ।
लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।
नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आइसीसी विश्वकप लिग(२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय