खेल्न पाउने अधिकार हनन् भएको भन्दै सन्दीप पनि सर्वोच्च जाने तयारीमा

काठमाडौं । बलात्कारको मुद्दामा धरौटीमा रिहा भएका सन्दीप लामिछाने पनि सर्वोच्च अदालत जाने भएका छन्।
सन्दीपलाई धरौटीमा रिहा गरे पनि धरौटी धेरै लिएको र विदेश जान समेत रोकेकाले त्यसकोविरुद्धमा सर्वोच्च अदालत जान लागेको सन्दीपतर्फका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले जानकारी दिए।
भदौमा गौशालाको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेका सन्दीप उच्च अदालतको आदेशपछि पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए।
उच्च अदालतले सन्दीपलाई धेरै धरौटी रकम लिएको र विदेश जानबाट रोकेकोले खेलाडीको खेल्न पाउने अधिकार हनन भएकाले अदालन जान लागेको अधिवक्ता घिमिरेले बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ १३:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय