शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

मधेसमा मन्त्रिपरिषद् विस्तार, रोजेका मन्त्रालय नपाएपछि माओवादी सरकारमा गएन

मधेसमा मन्त्रिपरिषद् विस्तार, रोजेका मन्त्रालय नपाएपछि माओवादी सरकारमा गएन

साझा पोष्ट
शुक्रबार, माघ २० २०७९
  • images
    मधेसमा मन्त्रिपरिषद् विस्तार, रोजेका मन्त्रालय नपाएपछि माओवादी सरकारमा गएन
    images

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ६ जना मन्त्री र तीन राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।


    images
    images

    महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् ।

    सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

    शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

    मधेस प्रदेशमा नेकपा माओवादी केन्द्र भने असन्तुष्ट बनेको छ । सत्ता साझेदार दलहरुबीच भएको छलफलमा आफूले रोजेको मन्त्रालय नपाएपछि माओवादी केन्द्र असन्तुष्ट बन्दै सरकारमा सहभागी नभएको हो । 

    माओवादीले विकासेसहित दुई मन्त्रालय माग गरेको थियो । तर, मुख्यमन्त्री सरोज कुमार यादवले उद्योग मन्त्रालयसहित अर्को एक राज्यमन्त्री दिने बताएपछि माओवादी अन्तिम समयमा सरकारमा सहभागी नभएको हो । 

    माओवादी असन्तुष्ट बनेपछि मुख्यमन्त्री यादवले उद्योग मन्त्रालय आफैँसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । मधेस प्रदेशमा माओवादीबाहेकको १३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार