बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

चितवन २ मा आफूलाई स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग, आयोग भन्छ- उपचुनाव हुन्छ

चितवन २ मा आफूलाई स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग, आयोग भन्छ- उपचुनाव हुन्छ

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए। उनले उपचुनावबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे ।

साझा पोष्ट
आइतबार, माघ २२ २०७९
  • images
    चितवन २ मा आफूलाई स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग, आयोग भन्छ- उपचुनाव हुन्छ
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज  आयोगमा पुगेर नेता श्रेष्ठले निवेदन दिनुभएका हुन् ।


    images
    images

    चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।

     सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ चुनावमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् । 

    नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए। उनले उपचुनावबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे ।

    सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेका कारण रहेको भन्दै उपचुनावको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार