शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

नेपालको अर्थतन्त्र दुई सय परिवारको हातमा सिमित भएको छ : विप्लव

नेपालको अर्थतन्त्र दुई सय परिवारको हातमा सिमित भएको छ : विप्लव

साझा पोष्ट
बुधबार, माघ २५ २०७९
  • images
    नेपालको अर्थतन्त्र दुई सय परिवारको हातमा सिमित भएको छ : विप्लव
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको अर्थतन्त्र केही व्यक्तिमा मात्र सीमित हुँदै गएको बताएका छन् ।  बुधबार ९औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विप्लवले नेपालको अर्थतन्त्र मुठ्ठीभर व्यक्तिको हातमा रहेको बताए ।


    images
    images

    उनले नेपालको अर्थतन्त्र दुई सय परिवारको हातमा गएको बताए । बहुसंख्यक नेपाली गरिबीको मारमा परेको उल्लेख गर्दै विप्लवले राजनीतिक व्यवस्थाले नै अर्थतन्त्र संकटमा परेको दाबी गरे । ‘९० प्रतिशत नेपाली गरिबीको मारमा परिरहेका छन् । यो केबल आर्थिक संकट मात्र होइन राजनीतिक संकट पनि हो, उनले भने, ‘हालै मात्र संघ र प्रदेश र स्थानीय तहका चुनाव भए । तर अत्यन्त्रै फितला सावित भए । वर्तमान व्यवस्थाप्रति जनताको विश्वास गुम्दै गएको छ । संसद्‍वादी दलले जनतालाई घुमाइरहेका छन् ।’ 

    नयाँ दल आउनु सकारात्मक कुरा भए पनि व्यवस्थामै समस्या भएको विप्लवको दाबी छ । ‘नयाँ दल आउनु सकारात्मक कुरा पनि हो । तर नेपालको सन्दर्भमा पार्टीहरू मात्र समस्या होइनन् । व्यवस्था नै हो, उनले भने, ‘दलाल पुँजीवादी सत्ताकै कारण यो समस्या आएको हो ।’

    युवाहरूमा देखिएको परिवर्तनको हुटहुटीलाई रूपान्तरण गर्न आवश्यक रहेको पनि आफूहरूको निष्कर्ष रहेको उनले सुनाए । तराईमा मिटरब्याज र पहाडमा लघुबित्तले समस्या निम्तिएको चन्दले बताए । सामान्य जनता मात्र नभई ठूला उद्योगीसमेत टाट पल्टिने अवस्था निम्तिएको उनको भनाइ थियो । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार