बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

उच्च स्तरीय संयन्त्रले गाँठो फुकाउने आशमा सुदूरपश्चिम प्रदेश सभा बैठक तीन घण्टा पछि सारियो

उच्च स्तरीय संयन्त्रले गाँठो फुकाउने आशमा सुदूरपश्चिम प्रदेश सभा बैठक तीन घण्टा पछि सारियो

साझा पोष्ट
बिहीबार , माघ २६ २०७९
  • images
    उच्च स्तरीय संयन्त्रले गाँठो फुकाउने आशमा सुदूरपश्चिम प्रदेश सभा बैठक तीन घण्टा पछि सारियो
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ घण्टा पछि सरेको छ। दिउँसो १ बजेका लागि  बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको हो। 


    images
    images

    आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ। रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । आज विश्वासको मत नपाए मुख्यमन्त्री रावल स्वतः पदमुक्त हुनेछन् । 

    नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिने बताएर संकटमा परेपछि बैठक ३ घण्टा पर सारिएको हो । ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक भएकाले उक्त संयन्त्रले निकास निकाल्ने आशमा बैठक सारिएको हो ।

    जेलमा रहेका नाउपाका संरक्षक रेशम चौधरीको रिहाइलाई मुख्य सर्त बनाएर नाउपाले विश्वासको मत दिन मानिरहेको छैन ।  सर्त पूरा नभएको भन्दै नाउपाका ७ जना सांसद काठमाडौंमै छन् । संयन्त्रले उसका माग सम्बोधन गर्ने लिखित सहमति जनाए आजै कैलाली पुगेर विश्वासको मत दिने नाउपाका सांसदको तयारी छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार