बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

सुदूरपश्चिममा एमालेका रावल नेतृत्वको सरकार ढल्यो, कांग्रेसको नेतृत्वमा सरकार बन्ने 

सुदूरपश्चिममा एमालेका रावल नेतृत्वको सरकार ढल्यो, कांग्रेसको नेतृत्वमा सरकार बन्ने 

कैलाली । गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री रावलले विश्वासको मत पाउन असफल भएिपछि सरकार ढलेको हो । 

साझा पोष्ट
बिहीबार , माघ २६ २०७९
  • images
    सुदूरपश्चिममा एमालेका रावल नेतृत्वको सरकार ढल्यो, कांग्रेसको नेतृत्वमा सरकार बन्ने 
    images

    कैलाली । गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री रावलले विश्वासको मत पाउन असफल भएिपछि सरकार ढलेको हो । 


    images
    images

    प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्रापत गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् । 

    'हुन्छ भन्ने मान्य सदस्यहरुको संख्या भन्दा हुन्न भन्ने मान्य सदस्यहरुको संख्या अधिक देखिएकाले मान्य मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पेश गरेको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु’, बैठकमा सभामुखले भण्डारीले भने । 

    अव सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । चुनावपछि संघदेखि प्रदेशसम्मै नयाँ सत्ता गठबन्धन बनेका कारण सबैतिर विपक्षी कित्तामा पुगेको कांग्रेसलाई सुदूरपश्चिमबाट सत्तामा फर्किने बाटो खुलेको हो ।  एमालेबाट मुख्यमन्त्री बनेका रावलले एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका हुन् । 

    यससँगै प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । यसअघि उनलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएसँग रावलले विश्वासको मतका लागि संख्या पुर्‍याउन नसकेका हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार