शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

चुनावमा अन्तर्घातको आरोप लागेपछि मन्त्री पदबाट राजिनामा

चुनावमा अन्तर्घातको आरोप लागेपछि मन्त्री पदबाट राजिनामा

साझा पोष्ट
शनिबार, माघ २८ २०७९
  • images
    चुनावमा अन्तर्घातको आरोप लागेपछि मन्त्री पदबाट राजिनामा
    images

    दाङ । माओवादीबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो ।उनले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।


    images
    images

    ऊट्ट माघ २५ गते भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो । छानबिन गर्दा उनले काँग्रेसका उम्मेदवारलाई भोट हालेको पाइएपछि राजीनामा दिन लगाइएको हो ।

    उनलाई थप कारबाहीका लागि पार्टी हेड क्वाटरमा सिफारिस गरिने भएको छ । उनी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी हुन् । 

    लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पुष २८ गते केसी र  नेकपा एमालेबाट चेतनारायण आचार्यलाई मन्त्री नियुक्त गरेका थिए । लुम्बिनी प्रदेश सरकारले पूर्णता भने अझै पाइसकेको छैन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार