शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

आइतबार आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने चिकित्सक संघको निर्णय

आइतबार आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने चिकित्सक संघको निर्णय

साझा पोष्ट
शनिबार, माघ २८ २०७९
  • images
    आइतबार आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने चिकित्सक संघको निर्णय
    images

    काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको जनाइएको छ ।
     
    संघले आज एक विज्ञप्ति जारी गरी माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा।जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।


    images
    images

    संघका अध्यक्ष डा।लोचन कार्की र महासचिव डा। बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न आज मिति २०७९ माघ २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णयानुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार