शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

विरोधका कार्यक्रम फिर्ता लिन चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयको अनुरोध

विरोधका कार्यक्रम फिर्ता लिन चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपाल चिकित्सक संघलाई अनुरोध गरेको छ । डाक्टर कुटपिट प्रकरणमा आक्रोशित बनेको संघले आज आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि मन्त्रालयले विज्ञप्ति निकालेर आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । 

साझा पोष्ट
आइतबार, माघ २९ २०७९
  • images
    विरोधका कार्यक्रम फिर्ता लिन चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयको अनुरोध
    images

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपाल चिकित्सक संघलाई अनुरोध गरेको छ । डाक्टर कुटपिट प्रकरणमा आक्रोशित बनेको संघले आज आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि मन्त्रालयले विज्ञप्ति निकालेर आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । 


    images
    images

    ‘स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दिर्घरोगी, जटिल प्रकारका विरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्नका लागि अनुरोध गर्दछौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । 

    राष्ट्रपतिको सवारीका क्रममा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टर चिकित्सक शुक्रबार कुटिएका थिए। घटनाको लगत्तै नेपाल प्रहरीले घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानवीन गरिरहेको जनाइएको छ । 

    उक्त घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक संघले उठाएका विषयहरुलाई सम्वाद मार्फत समाधान गर्न प्रयास भइरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार