शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

सरकार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संसोधन गर्न तयार, चिकित्सकहरु काममा फर्के

सरकार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संसोधन गर्न तयार, चिकित्सकहरु काममा फर्के

साझा पोष्ट
आइतबार, माघ २९ २०७९
  • images
    सरकार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संसोधन गर्न तयार, चिकित्सकहरु काममा फर्के
    images

    काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । सरकार र संघबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तामा छ बुँदे सहमति भएसँगै चिकित्सकहरु काममा फर्कन तयार भएका वार्ता टोलीमा सहभागी संघका पूर्वअध्यक्ष डा मुक्तिराज श्रेष्ठले जानकारी दिए । 


    images
    images

    संघ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएको थियो । वार्तामा माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि राष्ट्रपतिको सवारी सुरक्षा व्यवस्थापनमा खटिएका प्रहीले चिकित्सकमाथि लाठी प्रहार गरेर घाइते बनाएपछि चिकित्सकहरु आन्दोलनमा उत्र्का थिए । 

    सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ । 

    वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ ।

    सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख छ । 

    सहमतिपत्रमा नेपाल चिकित्सक सङ्घका अध्यक्षबाट अध्यक्ष डा लोचन कार्की र सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार