शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

सुदूरपश्चिममा जस्तै अरु प्रदेशमा पनि हाम्रो आवश्यकता महशुस होस् : माधव नेपाल

सुदूरपश्चिममा जस्तै अरु प्रदेशमा पनि हाम्रो आवश्यकता महशुस होस् : माधव नेपाल

साझा पोष्ट
आइतबार, माघ २९ २०७९
  • images
    सुदूरपश्चिममा जस्तै अरु प्रदेशमा पनि हाम्रो आवश्यकता महशुस होस् : माधव नेपाल
    images

    धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेल जीवन विताइरहेका नाउरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।


    images
    images

    आइतबार समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले रेशमको रिहाइमा जोड दिएका हुन् ।  ‘उहाँलाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाइ छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’ रेशम टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् । 

    अर्को प्रशंगमा नेता नेपालले सुदूरपश्चिम प्रदेशमा जस्तै अन्य ठाउँमा पनि सबैले समयमै आफ्नो पार्टीको आवश्यकता महसुस गर्ने विश्वास व्यक्त गरे । ‘एक जना व्यक्तिले पनि शक्ति सन्तुलनमा धेरै फरक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा तपाईहरु चार जना हुनुहुन्छ । मन खुम्च्याउने काम नगर्नुस्, नेपालले भने ‘यहाँको सरकारमा हाम्रो पनि सहभागीता हुनु राम्रो कुरा हो । अरु ठाउँमा पनि सबैले हाम्रो आवश्यकता समयमै महसुस गरुन् । अवमूल्मन अपमान, वेवास्ता नगरुन् ।’ 

    सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेर कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । उक्त सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी पनि सहभागि भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व आएको बताउदै उनले सहमतीको यात्रामा अघि बढ्न सक्नेमा विश्वास व्यक्त गरे । राष्ट्रपतिमा तपाईको पनि नाम चलेको छ नी भन्ने पत्रकारको प्रश्नमा नेपालले आफ्नो मात्र इच्छा भएर केही नहुने उल्लेख गर्दै राष्ट्रिय सहमती अहिलेको आवश्यकता भएको बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार