शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

अर्धवार्षिक समीक्षा : बजेटको आकारमा २ खर्ब ४४ अर्ब घटाइयो

अर्धवार्षिक समीक्षा : बजेटको आकारमा २ खर्ब ४४ अर्ब घटाइयो

साझा पोष्ट
आइतबार, माघ २९ २०७९
  • images
    अर्धवार्षिक समीक्षा : बजेटको आकारमा २ खर्ब ४४ अर्ब घटाइयो
    images

    काठमाडौं । सरकारले बजेटको आकार घटाएको छ । अर्थ मन्त्रायले बजेटको आधार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएको हो । 


    images
    images

    अर्थमन्त्री विष्णु पौडेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको अवस्थालाई मूल्यांकन गरेर बजेटको आकार घटाएको बताएका हुन् । चालू आर्थिक वर्ष २०७९, ८० को अर्धवार्षिक बजेट समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार घटाएको हो । 

    अर्थमन्त्री पौडेलले चालु आवको १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेटलाई १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब रुपैयाँको मात्रै बनाएको जानकारी दिएका छन् । चालू खर्चतर्फ ११ अर्ब ८३ अर्ब २३ करोड सुरु विनियोजन भएकोमा १० खर्ब २१ अर्ब ९२ करोड संशोधित अनुमान रहेको  मन्त्री पौडेलले बताए । जुन सुरु विनियोजनको ८६.३७ प्रतिशत मात्र हो। 

    त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड सुरु विनियोजन गरिएकोमा सरकारले ३ खर्ब १३ अर्ब ८५ करोड मात्र हुने संशोधित अनुमान गरेको छ। यो भनेको सुरु विनियोजनको ८२.५१ प्रतिशत हो। 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार