शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

माघ महिनामा २५ अर्ब निक्षेप थपियो

माघ महिनामा २५ अर्ब निक्षेप थपियो

साझा पोष्ट
बिहीबार , फागुन ४ २०७९
  • images
    माघ महिनामा २५ अर्ब निक्षेप थपियो
    images

    काठमाडौं माघ महिनामा वाणिज्य बैंकहरुमा जम्मा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । 
    पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकहरुमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप भएकोमा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो । 


    images
    images

    नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार पुसको तुलनामा माघ महिनामा निक्षेपको वृद्धिमा केही संकुचन देखिएको छ । पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।


    त्यस्तै माघ महिनामा कर्जा प्रवाह जम्मा १२ अर्ब बढेको छ । पुस मसान्तसम्म कुल ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ मसान्तसम्म ४२ खर्ब ९० अर्ब पुगेको छ । पुस महिनामा ५४ अर्ब कर्जा बढेको थियो । बैंकहरुको कर्जा निक्षेप अनुपात हाल ८६ प्रतिशत छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार