शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

२ सयदेखि ९ हजार २०० सम्म दक्षिणा दिएर बिदाइ गरियो साधुसन्तलाई (फोटो फिचर)

२ सयदेखि ९ हजार २०० सम्म दक्षिणा दिएर बिदाइ गरियो साधुसन्तलाई (फोटो फिचर)

काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ ।  सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई बढीमा २ सय रुपैयाँदेखि ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो ।

साझा पोष्ट
सोमबार, फागुन ८ २०७९
  • images
    २ सयदेखि ९ हजार २०० सम्म दक्षिणा दिएर बिदाइ गरियो साधुसन्तलाई (फोटो फिचर)
    images

    काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ । 


    images
    images

    सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई बढीमा २ सय रुपैयाँदेखि ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि शुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको जानकारी दिए ।

    Sadhu_Santa (10)1676891164.jpg

    उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरेपनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मास्वरुप दक्षिण दिएर पठाएको बताए । साधुहरुलाई दक्षिण उनीहरुको सम्मानको संकेत रहेको भन्दै साधुहरुलाई सबैले सधैँ सम्मान व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

    Sadhu_Santa (9)1676891184.jpg

    शिवरात्रिका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिण पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिण दिइ बिदाइ गरिएको हो । 

    Sadhu_Santa (7)1676891200.jpg

    साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ । महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरु आएका थिए । 

    Sadhu_Santa (5)1676891218.jpg

    Sadhu_Santa (1)1676891232.jpg

    Sadhu_Santa (4)1676891248.jpg

    Sadhu_Santa (6)1676891264.jpg

    तस्बिर: न्यूज एजेन्सी नेपाल

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार