बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

प्रधानमन्त्री र महावीर पुनबीच विज्ञान र प्रविधिको विकासबारे छलफल

प्रधानमन्त्री र महावीर पुनबीच विज्ञान र प्रविधिको विकासबारे छलफल

काठमाडौं । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने बताएका छन्। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन। 

साझा पोष्ट
मंगलबार, फागुन ९ २०७९
  • images
    प्रधानमन्त्री र महावीर पुनबीच विज्ञान र प्रविधिको विकासबारे छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने बताएका छन्।


    images
    images

    आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन। 

    ‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइ नेपालको विकास हुँदैन’  प्रधानमन्त्रीले भने,  ‘नेपाल स्वतन्त्र भएर आत्मसममानको साथ बाँच्ने स्थितितिर जाँदैन।’ वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसकाु विकास अपरिहार्य भएको उनले बताए । 

    विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्नेमा जोड दिए।

    आविस्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको छ। कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

    छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति  थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार