बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

शतप्रतिशत जितपछिको खुशी

शतप्रतिशत जितपछिको खुशी

साझा पोष्ट
मंगलबार, फागुन ९ २०७९
  • images
    शतप्रतिशत जितपछिको खुशी
    images

    काठमाडौं । रोहित पौडेलले कप्तानी  इनिङ्स खेलेपछि नेपालले विश्वकप लिग-२ मा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण र रोमाञ्चक जित हासिल गर्यो ।


    images
    images

    कुनै समय ६० रनमा पाँच र १३८ रनमा आठ विकेट गुमाएको नेपालले जित्छ भन्ने आश लाग्न छोडिसकेको अवस्था थियो । कीर्तिपुरमा नेपालको दयनीय अवस्था देखेपछि केही दर्शक मैदान छोडेर पनि हिंडे । तर आजको दिन नेपालको थियो, कप्तान रोहित पौडेलको थियो र करण केसीको थियो । त्यसैले रोहित र करणले नवौं विकेटका लागि ७८ रनको निर्णाकय साझेदारी गरे र विजय सम्भव भयो । नेपालले पहिलो चोटि लिग टूमा सबै चार खेल जित्यो र सिरिज क्लिन स्वीप गर्यो । रोहित ९५ रन र करण ३१ रनमा नटआउट रहे । रोहितले चौका प्रहार गर्दै जिताए ।

    यो जितको खुशी खेलाडिले यसरी मनाए : 

    rohit 11676981328.jpg

    rohit 41676981357.jpg

    rohit 31676981391.jpg

    rohit 51676981422.jpg

    rrohit1676979925.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार