नेपालले विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिदेशीय शृंखला आफ्नो पोल्टामा पारेको छ । त्रिवि क्रिकेट मैदानमा शृंखलाको अन्तिम खेलमा मंगलबार नेपालले स्कटल्यान्डमाथि सनसनीपूर्ण जित हात पारेको छ । रोहितले अविजित रन बनाएपछि नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गरेको हो । नेपाल र स्कटल्याण्डको खेल हेर्न कीर्तीपुरमा दर्शकको ओइरो नै लागेको थियो ।
तस्बिर: क्यान