शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

रुसले युक्रेनमा हमला सुरु गरेको एक वर्ष पूरा, आक्रमण तत्काल अन्त्य गर्न राष्ट्र सङ्घकाे आह्वान

रुसले युक्रेनमा हमला सुरु गरेको एक वर्ष पूरा, आक्रमण तत्काल अन्त्य गर्न राष्ट्र सङ्घकाे आह्वान

नेपालसहित १ सय ४१ देशले पक्षमा मतदान गरे

साझा पोष्ट
शुक्रबार, फागुन १२ २०७९
  • images
    रुसले युक्रेनमा हमला सुरु गरेको एक वर्ष पूरा, आक्रमण तत्काल अन्त्य गर्न राष्ट्र सङ्घकाे आह्वान
    images

    काठमाडौं । रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने बताएका छन् । 


    images
    images

    युक्रेन र रुसका धेरैलाई आफ्ना प्रियजन गुमाउन थालेको दिनको रुपमा सम्झना आजको दिन आउने लगभग निश्चित छ । त्यसमा पनि विशेष गरी युक्रेनी जनताले फेब्रुअरी २४ लाई आफ्नो देशलाई तहसनहस बनाएको कालो दिनको रुपमा लिइरहेका छन् ।

     

    रुस-युक्रेन युद्धको एक वर्षे कालखण्डमा दुवै देशले कम्तिमा ९ देखि १६ हजार हाराहारी सैनिक गुमाएको बताइन्छ । अमेरिकाले सबैतर्फका दुई लाख हाराहारीको ज्यान गएको अनुमान गरेको छ । लाखौं विस्थापित भएका छन् ।

    30001677213769.jpeg

    निश्चित तथ्यांक थाहा नभए पनि सार्वजनिक तथ्यांक वास्तविकताभन्दा धेरै पर रहेको विश्व समुदायको मान्यता छ । एक वर्षदेखि चलिरहेको यो युद्ध कहिले रोकिन्छ भन्ने अनुमान अहिले नै गर्न सकिने अवस्था छैन ।

    यसैबीच संयुक्त राष्ट्र सङ्घको महासभाले युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न आह्वान गरेको छ । महासभाले रुसले युक्रेनमाथि गर्दै आएको आक्रमण तत्काल रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको हो । यो प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले मत दिएका छन् । ७ वटा देशले प्रस्तावको विपक्षमा मतदान गरे भने चीन, भारत, इरान, दक्षिण अफ्रिकालगायतका ३२ देश तटस्थ बसेका छन् ।

    ukeain1677213423.jpg

    रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । महासभाले आफ्नो मागलाई पुनः दोहोर्‍याउँदै रुसले तत्काल पूर्ण र विना सर्त युक्रेनको क्षेत्रबाट आफ्ना सबै सैन्य बल फिर्ता गर्न आह्वान गरेको हो ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार