बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छः कुलमान घिसिङ

सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छः कुलमान घिसिङ

साझा पोष्ट
मंगलबार, फागुन १६ २०७९
  • images
    सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छः कुलमान घिसिङ
    images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । 


    images
    images

    मंगलवार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममासमेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए । 

    जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट विद्युत बढी हुने घिसिङले उल्लेख गरे । उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए । नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै घिसिङले पछिल्लो समय हरेक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको बताए । 

    निर्देशक घिसिङले सन् २०४२÷४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए । उनले पछिल्लो समय उद्योगहरुमा जलविद्युतको माग राम्रो रहेको उल्लेख गरे । ११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिव ७ हजार मेगावटको पीपीए भइसकेको बताए । 

    त्यस्तै निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिवद्धता भइसकेको बताए । एजीम बैंकबाट ७ सय मिलियन, जाइकाले १४० मिलियन, विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रविद्धता आएको उनकव् भनाइ छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार