बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

प्रदेश १ को नामका लागि दुईवटा प्रस्ताव दर्ता, मुख्य तीन दलको समर्थनमा 'कोशी' हुने निश्चित

प्रदेश १ को नामका लागि दुईवटा प्रस्ताव दर्ता, मुख्य तीन दलको समर्थनमा 'कोशी' हुने निश्चित

साझा पोष्ट
बुधबार, फागुन १७ २०७९
  • images
    प्रदेश १ को नामका लागि दुईवटा प्रस्ताव दर्ता, मुख्य तीन दलको समर्थनमा 'कोशी' हुने निश्चित
    images

    विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।  प्रदेशसभा सचिवालयले प्रस्ताव दर्ताका लागि दिएको समयमा एमालेको प्रस्ताव र कांग्रेसको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो । 


    images
    images

     

     

    प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर रहेका छन् भने समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी छन् । कांग्रेस र एमालेले प्रदेश १ को नाम ‘कोशी’ प्रदेश राख्न गरेको प्रस्तावको पक्षमानै माओवादी केन्द्रले पनि मतदान गर्ने जनाएको छ । माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको ‘नाम राख्न बाधक नहुने संस्थागत असहमति र फरक मत राख्ने’ गरी कोशी प्रदेशको पक्षमा मतदान गर्ने जानकारी दिए । 

    आजको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश भई निर्णय गर्ने कार्यसूची छ । तर ११ बजेका लागि तय गरिएको बैठक दलहरुबीचको छलफल र सहमतिको प्रयासले केही समय पछि धकेलिएको छ ।

     

    यसैबीच नेकपा एस र जसपाको तर्फबाट ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ । नेकपा एकीकृत समाजवादी का सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार