Sajha Post
म हुँ प्रकृति: मैले फुल्न छोड्नु हुँदैन (फोटो फिचर)

काठमाडौं । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले कर्तव्य बिर्सिएको छैन ।

समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरुप सबैले मन पराउँछन् । समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छौं । दुनियाँलाई लोभ्याउने सामथ्र्य भएको प्रकृति साँच्चिकै नाम जत्तिकै सुन्दर छ । यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौँ, खेल्छौँ, हाँस्छौँ, बस्छौँ तर प्रकृतिको संरक्षण गर्दैनौँ ।

गत असोजदेखि राम्रोसँग नेपालको परिवेशमा वर्षा हुन सकेको छैन । तर पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन । यदी प्रकृतिले पनि मानवजाति झैँ आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो ? त्यसैले पनि प्रकृतिको संरक्षण  आवश्यक छ । हामी मानवजातिले पनि प्रकृतिे झैँ आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नु हुँदैन । आफ्ना हरेक सन्ततिलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान छ ।

हावाको बेगसँगै रमाउनुको आनन्द, सुसेली हाल्दै बयली खेल्नुको मजा तब न प्रकृतिको मजा छ । सारा दुःख भुलाउन सक्छु, तिमी मुसलधारे पानी परेका बेलामा अरुलाई शितलता प्रदान गर्छु, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजमा गुन्गुनाइरहन्छु, वसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छु, हरेक प्राणी जगतलाई आफ्नो सपना बुन्न सिकाउँछु तब न म प्रकृति हुँ । मैले आफ्ना कर्तव्य र जिम्मेवारी भुल्नु हुँदैन, म माथि कुनै बज्रपात किन नहाेस मैले फुल्न छोड्नु हुँदैन, मैले बग्न छोड्नु हुँदैन, मैले सुसाउन छोड्न हुँदैन, मैले  कर्तव्य केही छोड्नु हुँदैन । सबैलाई आफूसँगै साथमा लैजानुछ । 

शब्द\तस्बिर: न्यू एजेन्सी नेपाल 

hario 21677907586.jpg

hario 31677907638.jpg

hario 41677907717.jpg

hario 51677907805.jpg

hario 61677908119.jpg

hario 71677908201.jpg

hario 81677908251.jpg

hario 91677908297.jpg

hario 101677908358.jpg

 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update