शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

गभर्नर र अर्थसचिवलाई  राखेर वित्तीय क्षेत्रका समस्याबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

गभर्नर र अर्थसचिवलाई  राखेर वित्तीय क्षेत्रका समस्याबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

साझा पोष्ट
आइतबार, फागुन २१ २०७९
  • images
    गभर्नर र अर्थसचिवलाई  राखेर वित्तीय क्षेत्रका समस्याबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरलाई सँगै राखेर छलफल गरेका छन ।


    images
    images

    आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा गभर्नर, अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गरेका हुन्। 

    पछिल्लो समय लघुवित्त,सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री प्रचण्डले  पहल थालेका हुन्। बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारेको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरुले राख्दै आएका छन्। 

    pm-governer-private sector 11678009201.jpg

    यता बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न सक्दैनौं मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ । बैंकहरुले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरु समेत सडक आन्दोलन गरिरहेका छन्। 

    छलफलमा मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव तोयम राय, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागी थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार